जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रुपान्तरणकारी अभियानमा छाैं : प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रुपान्तरणकारी अभियानमा छाैं : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रुपान्तरणकारी अभियानमा रहेको बताएका छन् । नवौं संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको पनि उनले बताएका छन् ।

‘संविधान कार्याव्यनमा आवश्यक पर्ने कानुन निर्माणदेखि भएका कानुनको परिपालनामार्फत् जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने, प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता हो,’ उनले भनेका छन् ।

संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले शहीदहरुले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उनीहरुले देखेको समृद्ध नेपालको सपनालाई साकार पार्न संविधान दिवसको अवसरमा प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार ०८:०२