नेको इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

नेको इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनका लागि विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको भाद्र ३१ गते बसेको सञ्चालक समितिको बैंठकले आगामी असोज १९ गते विशेष साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले २५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि विशेष सधारणसभामा पेश गर्ने निर्णय गरेको हो । कम्पनीको हालको जारी तथा चुक्ता पूँजी २ अर्ब १ करोड रहेको छ हकप्रद शेयर जारी पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ९ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्ने छन् ।

प्रकाशित : २ आश्विन २०८०, मंगलबार १२:१६ 19 September, 2023 12:16 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।