एनएमबि क्यापिटलको २ म्युचुअल फण्डको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि क्यापिटलको २ म्युचुअल फण्डको लाभांश घोषणा



एनएमबि क्यापिटल संचालन गरेका सामुहिक लगानी कोष योजनाको लाभांश घोषणा भएको छ। योजना व्यवस्थापक एनएमबि क्यापिटलको असोज १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लागि लाभांश घोषणा गरेको हो ।

जस अनुसार एनएमबि हाइब्रिड फण्ड एल १ ले कर सहित १५ प्रतिशत र एनएमबि फिफ्टीले कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

क्यापिटलले लाभांश वितरणको लागि असोज १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ११ गतेसम्म कायम इकाईधनीले मात्र उक्त लाभांश पाउन सक्ने छन् ।

प्रकाशित : २ आश्विन २०८०, मंगलवार १०:३८