अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

अर्घाखाँची। अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालूतर्फ बजेटमध्ये ६५ करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ।

आर्थिक वर्ष २०७९/८० मा अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकार पुँजीगत र चालूतर्फ विनियोजित बजेटमध्ये ६५ करोड ९९ लाख ९३ हजार ८ सय ६१ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक राजु पाण्डेले बताए।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आव २०७९/८० मा प्रदेश सरकारको पुँजीगततर्फ १ अर्ब ३३ करोड ६५ लाख ८९ हजार रुपैयाँ विनियोजित बजेटमध्ये २० करोड ५६ लाख ६२ हजार ९४ बजेट रुपैयाँ फ्रिज भएको हो। चालूतर्फ ६५ करोड ५३ लाख २१ हजार १ सय ९३ रुपैयाँ विनियोजित बजेटमध्ये १३ करोड २ लाख ७६ हजार २ सय २२ रुपैयाँ फ्रिज भएको छ।

यस्तै संघीय सरकारको चालूतर्फ ५ अर्ब ३९ करोड २१ लाख ६५ हजार ७ सय ४२ रुपैयाँ विनियोजित बजेटमध्ये १८ करोड ५३ लाख ७५ हजार ९ सय ३२ रुपैयाँ बजेट फ्रिज भएको छ। संघीय सरकारको पुँजीगततर्फ १ अर्ब ५१ करोड ९५ लाख ७२ हजार ६ सय रुपैयाँ विनियोजित बजेटमा १३ करोड ८६ लाख ७९ हजार ६ सय १६ रुपैयाँ फ्रिज भएको कोष नियन्त्रक पाण्डेको भनाइ छ।

अर्घाखाँचीमा आव २०७९/८० मा लुम्बिनी प्रदेश सरकारको चालू तथा पुँजीगत १ अर्ब ९९ सय करोड १९ लाख १० हजार १ सय ९३ र संघीय सरकारको पुँजीगत तथा चालूतर्फ ६ अर्ब ९१ करोड १७ लाख ३८ हजार ३ सय ४२ गरी ८ अर्ब ९० करोड ३६ लाख ४८ हजार ५ सय ३५ रुपैयाँ बजेट विनियोजन भएको थियो।

प्रकाशित : २५ भदौ २०८०, सोमबार १६:३९ 11 September, 2023 4:39 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।