खुल्यो युनाइटेड मोदीको आइपिओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खुल्यो युनाइटेड मोदीको आइपिओ



काठमाडौं, ९ फागुन । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

यसअघि ३४ लाख ५ सय कित्ता शेयर कर्मचारीहरुको लागि र ८६ हजार २५० कित्ता शेयर सामूहिक लगानीकोषहरुलाई बाँडफाँट गरिसकेको छ । त्यस्तै आयोजना प्रभावित स्थानीय बासिन्दालाई ११ लाख ५० हजार कित्ता शेयर जारी गरी बाँडफाँट समेत गरिसकेको छ ।

कम्पनीको आईपिओमा लगानीकर्ताले फागुन १९ गतेदेखि छिटोमा फागुन २३ र ढिलोमा चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयरमा न्यूनतम ५० कित्ता अर्थात ५ हजार रुपैयाँ तथा अधिकतम १५ हजार कित्ता अर्थात १५ लाख रुपैयाँ बराबरको आवेदन दिन सकिनेछ ।  कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ९ फाल्गुन २०७३, सोमबार ०६:४१