नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सुनिल पन्त चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सुनिल पन्त चयन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सुनिल पन्त चयन भएका छन् । शुक्रबार सम्पन्न भएको साधारण सभाबाट आईसिएफसि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पन्त अध्यक्षमा चयन भएका हुन् ।

नवनियुक्त अध्यक्ष पन्त यसअघि प्रथम उपाध्यक्ष थिए भने गुडविल फाइनान्सका सीईओ सरोज काजी तुलाधर संघको अध्यक्ष थिए ।

यस्तै, संघको प्रथम उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रबि चन्द्र गुरुङ, द्धितीय उपाध्यक्षमा सेन्ट्रल फाइनान्सका सीईओ राजोज मान श्रेष्ठ चयन भएका छन् । यस्तै, संघको महासचिवमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया र कोषाध्यक्षमा मन्जुश्री फाइनान्सका सीईओ नारायण सुवेदी चयन भएका छन् ।

यस्तै, संघको सदस्यमा प्रोग्रेशिभ फाइनान्सका सीईओ अनिल श्रेष्ठ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सीईओ लिलामणि न्यौपाने, गोर्खाज फाइनान्सका सीईओ सन्तोष कुमार घिमिरे, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सका सीईओ राजेश कुमार श्रेष्ठ, मल्टीपर्पस फाइनान्सका सीईओ रजनीश कुमार सिंह र जानकी फाइनान्सका सीईओ दिनेश कुमार शर्मा चयन भएका छन् ।

प्रकाशित : २२ भदौ २०८०, शुक्रबार १५:१४ 8 September, 2023 3:14 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।