वाह्य लगानी भित्रर्‍याउन नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री महत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

वाह्य लगानी भित्रर्‍याउन नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । शुक्रबार सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उनले उक्त घोषणा गरेका हुन् ।

अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी समेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको पनि बताए । त्यस्तै, उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरु देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे ।

नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा वाह्य लगानी भित्रिने समेत अर्थमन्त्री महतले बताए । उनले भारतमा १० हजार मेघावाट विद्युत १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौंतालाई अब छिट्टै अघि बढाउने बताए ।

अर्थमन्त्री महतले भने, ‘हाम्रो देश आर्थिक समस्याले विभिन्न कारणबाट गुज्रेको छ । यसको राम्रो संकेतहरु देखा पर्न थालेका छन् । यसको मतलव यो होइन कि हामी समस्यारहित भईसक्यौं भन्ने होइन । समस्याहरु छन् । तर ती समस्याहरुलाई हटाउँदै आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरु अब शुरु हुन्छ । र, त्यसका संकेतहरु देखिएका छन् । तेस्रो सम्भावना हाम्रो यो एग्री सेक्टरमा पनि ठूलो सम्भावना छ । त्यसमा मेजर इन्भेष्टरहरुलाई विदेशमा जुन स्थापित आईटी सेक्टरका कम्पनीहरु छन् । तिनीहरुलाई हामीले ल्याउन सक्नुपर्दछ । र, हामी चाँडै अब एउटा लगानी समिट पनि नेपालमा गर्छौं । त्यसको लागि तत्कालै हामी यथेष्ट गृहकार्य पनि शुरु गर्र्छौ । बजेटमा पनि हामीले बोलेका छौं ।’

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार १३:५४