दुई महिनामा ४५ अर्ब ८४ करोडको विकास ऋणपत्र जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुई महिनामा ४५ अर्ब ८४ करोडको विकास ऋणपत्र जारी



काठमाडौं। आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’जारी गर्न लागेको हो।

बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन्।

ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ। आइतबार दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ २५ गते निस्कासन हुनेछ।

सरकारले साउनयता चार पटक ऋणपत्र जारी गरिसकेको छ। साउन १८ र २८ मा १०/१० अर्ब, साउन ३२ मा ५ अर्ब ८४ करोड र भदौ ९ गते पनि १० अर्ब रुपैयाँ उठाएको थियो। यो आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने सरकारी लक्ष्य छ।

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार १२:२१