प्राइम बैंकले खाता नम्बर परिवर्तन गर्दै, ब्रोकर र डिम्याटमा नयाँ खाता अद्यावधिक गर्न आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

प्राइम बैंकले खाता नम्बर परिवर्तन गर्दै, ब्रोकर र डिम्याटमा नयाँ खाता अद्यावधिक गर्न आग्रह

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकका सम्पूर्ण ग्राहकहरुका खाता नम्बर परिवर्तन हुने भएको छ । बैंकले भदौ २३ गते देखि १० अंक/अक्षरबाट परिवर्तन भई २० अंकको कायम हुने जनाएको हो ।

नयाँ खाताको कारोबारहरु ग्राहकसँग हाल भइसकेको चेक तथा एटीएम कार्डबाट नै गर्न सकिनेछ छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरुमा प्रयोग भएका साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिने जनाएको छ ।

साथै, स्टक ब्रोकर तथा डिम्याट अकाउन्टमा ग्राहक आफैले नयाँ २० अंकको खाता नम्बर अद्यावधिक गराउन बैंकले अनुरोध गरेको छ ।

प्रकाशित : २१ भदौ २०८०, बिहिबार १२:०८ 7 September, 2023 12:08 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।