गरिमा क्यापिटलको तीज सौगात: सारीको सेल्फी पोस्ट गर्दा नगद पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

गरिमा क्यापिटलको तीज सौगात: सारीको सेल्फी पोस्ट गर्दा नगद पुरस्कार

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ।

गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले भाद्र १७ गतेदेखि आश्विन ०५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको हो ।

यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि क्यापिटलले केही नियम समेत तोकेको छ । सहभागीहरुले परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटल लिमीटेडको आधिकारिक फेसबुक पेजको मेन्सन्समा पोस्ट गर्नुपर्नेछ ।

यस्तै, फोटो पोस्ट गर्दा निम्न ह्यासट्यागहरु समावेश गर्नुपर्नेछ :

#GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited

यसैगरी, सहभागीले गरिमा क्यापिटल लिमीटेडको आधिकारिक फेसबुक पेज लाइक र सेयर पनि गर्नुपर्नेछ ।

अपलोड भएका फोटोमध्ये उत्कृष्ट ३ लाई प्रतियागिताको विजेता घोषणा गरी नगद उपहार दिइने क्यापिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रथम पुरस्कार रु. ३ हजार, द्वितीय पुरस्कार रु. २ हजार र तृतीय पुरस्कार रु. १ हजार राखिएको छ।

यस्तो प्रतियोगिताले तीजको समृद्ध परम्परालाई मात्र नभई हाम्रो समुदायमा एकता र उत्सवको भावनालाई बढावा दिने विश्वास क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले व्यक्त गरेका छन् ।

प्रकाशित : १८ भदौ २०८०, सोमबार १७:०४ 4 September, 2023 5:04 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।