महालक्ष्मी विकास बैंकले अनलाइन सेवालाई परिष्कृत गर्‍यो, यी सेवाहरु अब अनलाइनबाटै लिन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

महालक्ष्मी विकास बैंकले अनलाइन सेवालाई परिष्कृत गर्‍यो, यी सेवाहरु अब अनलाइनबाटै लिन सकिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। महालक्ष्मी विकास बैंकले अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ। बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै खाता खोल्न, केवाइसी अद्यावधिक गर्न, नयाँ डेबिट कार्ड, मोबाइल इन्टरनेट बैंकिङ, नयाँ लकर र मर्चेन्ट (क्यूआर) आवेदन र डिस्प्युट क्लेम जस्ता सेवा पाउने बैंकले जनाएको छ।

बैंकको आधिकारिक वेबसाइटमार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्ने बताइएको छ। डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको जनाएको छ।

प्रकाशित : १८ भदौ २०८०, सोमबार १४:५७ 4 September, 2023 2:57 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।