सेयर बजार २९.८१ अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार २९.८१ अंककाे गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकको घटेको छ । आज बजार २९.८१ अंकले घटेर परिसूचक १९६०.७९ बिन्दुमा झरेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंक घटेको छ।

२७६ कम्पनीको ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा सबै समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको उपसूचक ११.१०, विकास बैंक ५८.१९, वित्त २२.१४, होटल १७०.४७, जलविद्युत ४७.६३, जीवन बिमा २१९, माइक्रोफाइनान्स ६३.९०, उत्पादन तथा प्रशोधन ४९.०६, निर्जीबन बिमा २१२.४१ अंकले घटेको छ ।

कारोबारमा थ्री स्टार हाईड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै लिर्बर्टी इनर्जी कम्पनी र सिटी होटलको सेयरमा भने आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सोल्टी होटलको अग्रस्थानमा रहेको छ । कम्पनीको तीन करोड ८८ लाख ८८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १७ भाद्र २०८०, आईतवार १५:१८