सुनको मुल्यमा सामान्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यमा सामान्य वृद्धि



काठमाडौं । सुनको मुल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो।

आइतबार चाँदीको मुल्य भने प्रतितोला १० रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला १४ सय ७० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १७ भाद्र २०८०, आईतवार १२:१४