दुई लघुवित्तबीच मर्जर सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई लघुवित्तबीच मर्जर सम्झौता



काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था एकआपसमा मर्ज हुने भएका छन् । दुई कम्पनीबीच मर्जरका लागि भदौ १५ गते शुक्रबार प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

मर्जरका लागि हस्ताक्षर भएसँगै आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का राखिदिन अनुरोध गर्दै दुवै संस्थाले नेप्सेलाई पत्र लेखेका छन् । साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखामा रहेको छ भने सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहु जिल्ला, बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेको छ ।

हाल साधनाको चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार रुपैयाँ रहेको छ । यस्तै, सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । मर्जरका लागि दुई कम्पनीको सेयर स्वाप रेसियो सम्पति तथा तथा दायित्व मूल्यांकनपछि तय हुनेछ ।

प्रकाशित : १७ भाद्र २०८०, आईतवार ११:१८