गरिमा विकास बैंकको ३ लाख ८२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गरिमा विकास बैंकको ३ लाख ८२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । गरिमा विकास बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८२ हजार ८९२.७७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक जो कोहीले आज भदौ १४ गते बिहीबारबाट १५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ । सेयरको दरमुल्य बुझ्न बैंकको प्रधान कार्यालयमा सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित : १४ भाद्र २०८०, बिहीबार १३:४६