एनआईबिएल प्रगति फण्डकाे लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईबिएल प्रगति फण्डकाे लाभांश घोषणा



काठमाडौं । एनआइएमबि एस क्यापिटलको व्यवस्थापनमा एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले आफ्ना इकाईधनीहरुलाई लाभांश घोषणा गरेको छ। फण्डले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्षको लागि करसहित ६.८ प्रतिशतका दरले हुन आउने रकम ५ करोड १० लाख रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

भदौ १३ गते बसेको एनआईएमबि एस क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो। यस फण्डको कोष प्रबर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेको छ।

प्रकाशित : १४ भाद्र २०८०, बिहीबार ११:२२