सेयर बजारमा सामान्य गिरावट, होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य गिरावट, होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । सेयर बजारमा बुधबार सामान्य गिरावट आएको छ । आज बजार २.८२ अंकले घटेर परिसूचक १९९०.५९ बिन्दुमा रोकिएको हो ।

२७६ कम्पनीको ३८ लाख ३ हजार कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आज होटल तथा पर्यटन ७२.१५ अंक र टेड्रिङ समूहको ३७.५५ अंकले बढेको छ भने बाकी सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको उपसूचक ०.८३, विकास बैंक १.८८, उत्पादन तथा प्रशोधन समूहमा ३६.६१, माइक्रोफाइनान्स १५.५४, वित्त ४.७१, जलविद्युत ५.४३, जीवन बिमा ९.३२, निर्जीबन बिमा ३.९३ अंकले घटेको छ ।

कारोबारमा सिटि होटलको सेयर उच्च अंकले बढेको छ भने आज सिद्धार्थ इक्विटी फण्डको सेयर सर्वाधिक घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज १० करोड ९१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार १५:५१