काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई सेयर रजिष्ट्रार चयन गरेको छ ।यससंगै अब सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कामहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्ने छ ।
कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको थियो ।
Comment