महालक्ष्मी र लुम्बिनी विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी र लुम्बिनी विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ। आज महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।

महालक्ष्मी विकास बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको १० लाख कित्ता ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नेप्सेमा सूचीकृत भएको छ भने, लुम्बिनी विकास बैंकले निष्काशन गरेको ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ नेप्सेमा सूचीकृत भएको हो। यी दुबै बैंकहरुको ऋणपत्र आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार १२:३१