सुनको मुल्य बढ्याे, कतिमा हुदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्याे, कतिमा हुदैछ काराेबार ?



काठमाडौं । सुनको मुल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन १ लाख ११ हजार ७०० रुपैयाँ र तेजावी सुनको मुल्य तोलाको १ लाख ११ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मुल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १४ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार १२:२०