नेप्से परिसूचक सामान्य अंकले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक सामान्य अंकले घट्याे



काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । परिसूचक ५.०५ अंक घटेर १९९३.४२ विन्दुमा झरेको हो।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७१ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ।

आज २७८ कम्पनीको ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४० लाख ६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कुथेली बुखरी स्मल हाइड्रोपावर र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको सेयर आज सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज ३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित : १२ भाद्र २०८०, मंगलवार १५:५१