भिजन लुम्बिनी उर्जा कम्पनीकाे आइपीओ भदौ १९ गतेदेखि निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भिजन लुम्बिनी उर्जा कम्पनीकाे आइपीओ भदौ १९ गतेदेखि निष्काशन



काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिकाका वडा नम्बर १,२,३, र ४ का स्थानीय र पोखरा महानगरका वडा नम्बर १९ का स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १९ लाख १२ हजार ५ सय कित्ता सेयर निष्काशन गर्ने छ भने श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ९१ हजार २ सय ५० कित्ता सेयर निष्काशन गर्नेछ।

स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख ८० कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा असोज २ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज १७ गतेसम्म आवेदन दिन सक्ने छन् ।

श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने असोज २ गतेसम्म मात्र आवेदन दिन सक्ने छन् । उनीहरुले न्युनतम १० कित्ता र अधिकतम १९ हजार १ सय २० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

सेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई सेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई सेयर निष्काशन गर्ने छ ।

कम्पनीले कास्की जिल्लामा २५ मेगावाटको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको प्रति मेगावाट लागत २० करोड ८० लाख रहेको छ । २०८० साल माघदेखि विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीले राखेको छ।

प्रकाशित : १० भाद्र २०८०, आईतवार १४:४५