सुनकाे मुल्य स्थिर, चाँदीकाे कतिमा हुदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य स्थिर, चाँदीकाे कतिमा हुदैछ काराेबार ?



काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार पनि सुनको मुल्य स्थिर रहेको थियो । आज चाँदीको मुल्य भने तोलामा १५ रुपैयाँले बढेर १४ सय ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १० भाद्र २०८०, आईतवार ११:५६