मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्ने भएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले भदौ ७ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस बैंकको केन्द्रीय कार्यालय, हात्तिसार, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकित्ता भाउ खुलाई आवेदन दिनुपर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।यस संस्थापक सेयरको प्रतिकित्ता भाउ तोकिएको छैन ।

खरिदकर्ताले नै आफूले किन्न चाहेको कित्ता र भाउ खुलाएर बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित : ८ भाद्र २०८०, शुक्रबार १०:५०