जाल्पा सामुदायिक लघुवित्तकाे बाेनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जाल्पा सामुदायिक लघुवित्तकाे बाेनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

लघुवित्त संस्थाको १४.२५ प्रतिशत बोनस अर्थात २ लाख २८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ७ भाद्र २०८०, बिहीबार १५:५४