सुनचाँदीको मूल्य बढ्याे,कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्याे,कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : ७ भाद्र २०८०, बिहीबार ११:४१