कुमारी बैंकको सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकको सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंकको सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ हजार ५८४ कित्ता सेयर बिक्री गर्ने लागेको हो । कम्पनीका दुई जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ ६ गते) ले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल र बैंकको प्रधान कार्यलय टंगाल काठमाडौंमा आवेदन दिन सकिनेछ । साथै, तोकिएको अवधि भित्र सेयर खरीद गर्न कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम सर्वसाधारणका लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : ७ भाद्र २०८०, बिहीबार १०:५४