कर्जा सहजीकरणका लागि बैंकरहरुसँग घरजग्गा व्यवसायीको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कर्जा सहजीकरणका लागि बैंकरहरुसँग घरजग्गा व्यवसायीको आग्रह



काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीले नेपाल बैंकर्स संघ (एनबीए) सँग छलफल गरेको छ । उक्त अवसरमा सरकारले घरजग्गाको कारोबारमा लचिलो नीति लिएको अवस्थामा कर्जा सहजीकरणका लागि आग्रह गरिएको महासंघका अध्यक्ष भेषराज लोहनीले बताए ।

महासंघको टोलीले एनबीए अध्यक्ष सुनिल केसीसहितका बैंकरहरुसँग छलफल गरेको हो । घर–जग्गाको कारोबारलाई प्रोत्साहन गर्न आग्रह गरेको महासंघका महासचिव विष्णुप्रसाद घिमिरेले उल्लेख गरे ।

घरजग्गा धितो राखेर पाइने ऋणको अनुपात बढाउने, फेयर मार्केट भ्यालु निकाल्न एउटै सुत्र बनाउने, बैंकहरुले आधार दरमा धेरै मार्जिन राख्न नहुने विषयमा छलफल थियो । लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्याउन बैंकर र व्यवसायी मिलेर साझा एजेण्डा बनाई राष्ट्र बैंकसँग आवश्यक छलफल गर्ने समझदारी समेत बनेको बताइएको छ ।

प्रकाशित : ७ भाद्र २०८०, बिहीबार १०:५२