भिजन लुम्बिनी उर्जा कम्पनीले पायाे आइपीओ निष्काशनकाे अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भिजन लुम्बिनी उर्जा कम्पनीले पायाे आइपीओ निष्काशनकाे अनुमति



काठमाडौं। नेपाल धितोपत्र बोर्डले भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कुल ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

अब कम्पनीले जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँबराबरको ३८ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ।

कुल कित्तामध्ये कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १९ लाख १२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १,२,३,४ र पोखरा महानगरपालिकाको वडा नं १९ का स्थानिय बासिन्दाका लागि जारी गर्नेछ। बाँकी १० प्रतिशतमध्येको १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २ सय ५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बिदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात ९५ हजार ६२५ कित्ता साधारण सेयर सामुहिक लगानी कोष, २ प्रतिशत अर्थात् ३८ हजार २५० कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि र बाँकी १५ लाख ८७ हजार ३७५ कित्ता साधारण सेयर सर्वसाधारणहरुका लागि निष्कासन गर्नेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार १६:५७