सरकारले संशोधन गर्यो धितोपत्र दर्ता तथा निष्काशन नियमावली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सरकारले संशोधन गर्यो धितोपत्र दर्ता तथा निष्काशन नियमावली



काठमाडौं । सरकारले धितोपत्र निष्कासन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त नियमावली संशोधन गर्न नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेको हो।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ अनुसार धितोपत्र बोर्डलाई धितोपत्र निष्कासन नियमावली, २०८० संशोधन गर्न सरकारले स्वीकृत प्रदान गरेको छ।

उक्त नियमावली संशोधन गर्न धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पेस गरेको थियो। अर्थ मन्त्रालयको प्रस्तावलाई सरकारले स्वीकृति प्रदान गरेको हो।

त्यस्तै, सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी यान ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृति गर्ने निर्णय गरेकाे पनि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार १३:११