सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । मंगलबार सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो दिन सोमबार छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ९ हजार ७५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मुल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर १४ सय १५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ५ भाद्र २०८०, मंगलवार १२:२८