श्रीजनशील लघुवित्तकाे खुद नाफा १ करोड ११ लाख, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

श्रीजनशील लघुवित्तकाे खुद नाफा १ करोड ११ लाख, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । श्रीजनशील लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले १ करोड ११ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४७ लाख ४९ हजार रुपैयाँ ऋणात्मक थियो ।

चालु आर्थिक वर्षमा लघुवित्तले नाफा बढाएर सेयरधनीलाई लाभांश वितरण गर्नसक्ने भएपनि ५ प्रतिशतभन्दा धेरै खराब कर्जा रहेकोले कम्पनीले लाभांश वितरण गर्न भने पाउदैन।

वित्तीय विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षमा ८६ लाख ७९ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२ करोड ५१ लाख ५१ हजार रुपैयाँ छ भने १ करोड ५८ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

खराब कर्जा ६.५१ प्रतिशतबाट घटेर ५.११ प्रतिशतमा झरेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी १० रुपैयाँ १८ पैसा छ भने प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ५१ पैसा छ ।

प्रकाशित : ५ भाद्र २०८०, मंगलवार ११:१३