निफ्रा बैंकको सञ्चालकमा प्रविण सुवेदी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निफ्रा बैंकको सञ्चालकमा प्रविण सुवेदी नियुक्त



काठमाडौं । पुर्वाधार विकास बैंक (निफ्रा)को सञ्चालकमा प्रविण सुवेदी नियुक्त भएका छन् । बैंकको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले सुवेदीलाई सञ्चालक पदमा नियुक्त गरको हो ।

सुवेदी सर्वसाधारण समूहतर्फको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् ।बैंकको अध्यक्ष संस्थापक समूहबाट अनुज अग्रवाल छन् भने श्रीकृषण नेपाल, रत्नराज बज्राचार्य, लालमणी जोशी, शंकर प्रसाद अधिकारी र लिमा अधिकारी आचार्य सदस्य छन् ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार १६:०३