सेयर बजार दोहोरो अंकले घट्दा, एक अर्ब ४० करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार दोहोरो अंकले घट्दा, एक अर्ब ४० करोडकाे काराेबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकको घटेको छ । आज बजार १२.९३ अंकले घटेर परिसूचक १९९८.२८ बिन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ।

२७२ कम्पनीको ४१ लाख ६३ हजार ८७२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ८९ लाख ८१ हजार ६०१ रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा सबै समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको उपसूचक ४.४५, विकास बैंक १३.६१, वित्त २२.९७, होटल ३८.५०, जलविद्युत २९.३७, जीवन बिमा ८४.२४, माइक्रोफाइनान्स १५.६४, उत्पादन तथा प्रशोधन ५६.७७, निर्जीबन बिमा ४९.७३ अंकले घटेको छ ।

कारोबारमा लक्ष्मी लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाईड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै मेन्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ८ करोड २ लाख ४७ हजार २३४ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार १५:४८