मनकामना इन्जिनियरिङ्गको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मनकामना इन्जिनियरिङ्गको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?



काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आइतबार बेलुका सेयर बाँडफाँड भएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा २ लाख २७ हजार ६६२ जनाले मात्रै १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको हात खाली भएको छ ।

कम्पनीले साउन २८ देखि ३१ गतेसम्म २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख १६ हजार ५१९ आवेदकले १ करोड ४३ लाख ६ हजार ७९० कित्ता सेयरको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणको लागि निष्कासनमा ल्याएको २२ लाख ७६ हजार ६२० कित्ता शेयरको ६.२८ गुणा बढी हुन आउँछ ।

बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटका अनुसार कुल आवेदकमध्ये ५ हजार १२ वटा आवेदकबाट माग भएको ८२ हजार ७० कित्ताको माग रद्द भएको छ । १३ लाख ११ हजार ५१७ वटा आवेदनबाट माग भएको १ करोड ४२ लाख २४ हजार ७२० कित्ता सदर भई बाँडफाँडमा सहभागि गराइएको थियो ।

प्रकाशित : ३ भाद्र २०८०, आईतवार १८:०९