राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै, बोलकबोल कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै, बोलकबोल कहिले ?



काठमाडौं। नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँ बढीको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

भदौ ५ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनका लागि केन्द्रीय बैंकले ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी मंसिर ५ गते परिपक्व हुनेछ ।

३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल २०८१ भदौ ४ गते परिपक्व हुनेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

यस बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

प्रकाशित : ३ भाद्र २०८०, आईतवार १२:३४