राष्ट्र बैंकले जारी गर्याे निफ्रालाई ६८ बुँदे निर्देशन, निक्षेपकर्ता कालोसूचीमा नरहेको यकीन गरेर मात्र खाता खोल्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले जारी गर्याे निफ्रालाई ६८ बुँदे निर्देशन, निक्षेपकर्ता कालोसूचीमा नरहेको यकीन गरेर मात्र खाता खोल्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई कालोसूचीमा नरहेको यकिन गरेर मात्रै निक्षेप खाता खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले शुक्रबार ६८ बुँदे निर्देशन जारी गर्दै निफ्रा बैंकलाई कुनै पनि निक्षेप खाता खोल्दा कर्जा सूचना केन्द्रको विवरण अनुसार कालोसूचीमा नरहेको यकिन गरेर मात्रै खाता खोल्न भनेको हो ।

साथै, सो वापत ग्राहकसँग शुल्क लिन पाउने छैन । यस्तै, बैंकले ५० करोड रुपैयाँ वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने छ ।

‘पूर्वाधार विकास बैंकले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरण अनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकीन गरेर मात्र खाता खोल्नु पर्नेछ, यस वापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन,’ निर्देशनमा उल्लेख छ ।

प्रकाशित : १ भाद्र २०८०, शुक्रबार १७:१९