गरिमा विकास बैंकबाट अब ११.९९ प्रतिशतमै घर कर्जा पाईने, कागजात पेश गरेको २ दिनमै ऋण स्वीकृत हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा विकास बैंकबाट अब ११.९९ प्रतिशतमै घर कर्जा पाईने, कागजात पेश गरेको २ दिनमै ऋण स्वीकृत हुने



काठमाडौं । गरिमा विकास बैंकले सरल घर कर्जा योजना ल्याएको छ । बैंकले ११.९९ प्रतिशत निश्चित ब्याजदरमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा योजना ल्याएको हो ।

हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित यो सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने बैंकले जनाएको छ ।

आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकले आफुलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैंकिङ्ग मार्फत अत्याधुनिक र गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार २०:४३