सेयर बजारमा दोहोरो अंकको गिरावट, काराेबार रकम भने सामान्य बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको गिरावट, काराेबार रकम भने सामान्य बढ्याे



काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार ३१.८० अंकले घटेर परिसूचक २०४५.४४ बिन्दुमा रोकिएको हो ।

२७८ कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब १५ करोड ७३ लाख १२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा आज म्युचुअल फण्डको उपसूचक ४.२८ अंकले बढेको छ भने बाकी सबै समूहको उपसूचक राताम्मे बनेका छन् । कारोबारमा बैंकिङ समूहको उपसूचक ११.९७, विकास बैंक ७३.१८, वित्त ३९.८४, होटल १२३.६९, जलविद्युत ५१.३३, जीवन बिमा २०४.२८, उत्पादन तथा प्रशोधन २४२.७०, माइक्रोफाइनान्स ४०.१६, निर्जीबन बिमा १८४.२१ अंकले घटेको छ ।

कारोबारमा आज इमर्जिङ नेपालको सेयर उच्च अंकले बढेको छ । साथै, हिमालय डिष्टिलरी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा भने आज सबैभन्दा धेरै हिमालय डिष्ट्रीलरी लिमिटेड कै २० करोड ५५ लाख ९४ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलवार १५:१५