यस कारण लगानीकर्ताहरु आइपिओ भन्दा माथी उठ्न सकेनन् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

विचार

यस कारण लगानीकर्ताहरु आइपिओ भन्दा माथी उठ्न सकेनन्



पछिल्लो समयमा बिभिन्न कम्पनिहरुले प्रिमियममा प्राथमिक शेयरहरु जारि गरिरहेका छन । अधिकाश आइ पि ओहरुको फेसभ्यालु र एक सय हुने गरेका छन भने तर पनि कतिपय कम्पनिहरुले रु एक सयमा प्रिमियम थपेर शेयरहरु जारी गर्ने गरेका छन । पछिल्लो समयमा त यो ट्रेण्ड जस्तैएको छ भन्दा पनि फरक नपर्ला । त्यसोत निरन्तर ३ बर्ष सम्म नाफमा रहेका र नेटवर्थ सरकारात्मक भएका कम्पनिहरुले प्रिमियममा शेयर जारी गनृ पाउने ब्यबस्था गरेको छ । पछिल्लो समयमा प्रिमियममा आइ पि ओ शेयर जारी गर्नेमा बीमा कम्पनिहरु रहेका छन ।

प्रिमियममा आइ पि ओ जारी गर्ने बीमा कम्पनिहरुले प्रति कित्ता रु २ सय देखि ३ सय सम्ममा आइ पि ओ जारी गरिरहेका छन । त्यो पनि जीबन बमिा कम्पनिहरु नै अग्र स्थानमा रहेका छन भने के्हि हाइडो कम्पनिहरुले पनि ्िरपमियमप्रिमियममामा आइ पि ओ जारी गर्ने गरेका छन । त्यसोत प्रिमियममा शेयरमा आबेदन दिदा लगानिकर्ता हरुलाई केहि आर्थिक भार परे पनिप्रिमियममाका रकमहरु पछि लगानिकताहरले नै बोनस शेयरको रुपमा पाउने गरेका छन । भ्नदा पनि फरक नपर्ला । पछिल्लो समयमा बीमा कम्पनिहरु देखि सिमेण्ट कम्पनि र हाइडो कम्पनिहरले समेत प्रिमियममा आइ पि ओ जारि गर्ने गरेका छन भन्दा पनि फरक नपर्ला । पछिल्लो समयमा हाइडो पावर कम्पनिहरु भगवतिले र माण्डु हाइडो पावर कम्पनिहरले प्रिमियममा आइ पि ओ जारी गरेका छन । त्यसैगरि सिमेण्ट कम्पनि घोराहि सिमेण्टलेप्रिमियममामा आइ पि ओ शेयर जारी गरेका छन । त्यसोत यसमा केहि अनिमियता भएको कारणले लगानिकर्ताहरुको लगभग ४ अर्ब रकम हप्तौ ब्लक समेत भए । प्रिमियममा आइ पि ओ जारी गर्न दिएकोमा सेबोन पनि बिवादमा तानिए । धितो पत्र बोर्डले कमिशन खाएर घोराहि सिमेन्टलाई पनि प्रिमियममा आइपि ओ जारी गर्न दिएको भनेर चर्चा समेत चले ।

यसमा लगानिकर्ताहरु पनि बिभाजित भए । कतिपय लगानिकर्ताहरु घोराहि सिमेण्टमको आइ पि ओ भर्न नहुने बताए भने कतिपय लगानिकर्ताहरुले आइ पि ओ भरे त्यसोत कतिपय लगानिकर्ताहरु आइ पि ओ शेयर भने पछि हुरुकक हुनेहरु पनि नभएको होइन । त्यसोत घोराहि सिमेण्टको आइ पि ओको प्रिमियम बढि भएको भन्नेमा कसैको दुइमत नहोला तर पनि थुप्रै लगानिकर्ताहरुले आइ पि ओ मा आबेदन दिए भन्दा पनि फरक नपर्ला । त्यसोत बिगतमा शिवम सिमेण्टको आइ पि ओ पनि प्रिमियम बढि भयो भनेर कतिपयले आइ पि ओ मा दरखास्त नै दिएन । तर पछि दोश्रो बजारमा शिवम सिमेण्टको शेयर रु १५ सय सम्म पनि पुगे । शायद यहि कारणले पनि घोराहि सिमेण्टमा पनि प्रिमियममा बढि भए पनि दरखास्त दिनेहरुका ेकमि नभएको होला । कतिपय कम्पनिहरुको प्राथमिक शेयर जारी हुदा बिवादमा पर्ने गरेक छन भन ेयसको छड्के आँखा सेबोनतिर पर्ने हुन्छ कतै सेबोनले कमिशन खाएर शेयर जारी गर्ने स्विकृति दिएको त होइन भनेर ।

यसले सबोनलाइ पनि बिवादमा तानिने गरेका छन भन्दा फरक नपर्ला । अहिले पनि बीमा कम्पनिहरुको प्रिमियममा प्राथमिक शेयर जारी भइरहेका छन बीमा कम्पनिहरु आइ एम इ लाइफ इन्स्योरेन्स कम्पनि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि रिलायबल नेपाल लाइफ इन्सयोरेन्स कम्पनिहरको प्राथमिक शेयर प्रिमियममा जारी भइरहेका छन । त्यसोत पछिल्लो समयमा आइ पि ओ शेयर १० कित्ता पाउन पनि त्यति सजिलो चाहि छैन भन्दा पनि फरक नपर्ला । कम्पनिले माग गरे भन्दा धेरै गुणाले बढि आबेदन पर्ने गरेका छन । यसकारणले पनि आइ पि ओ शेयर बाँडफाँड गर्दा लटरीले गर्ने गरिन्छ भनिन्छ यो पनि भाग्यो दय चिठ्ठा जस्तै हो रे त्यो पनि १० कित्ता शेयर पाउनको लागि । पछिल्लो समयमा लगानिकर्ताहरु बृद्धि भइरहेका छन ।

डिम्याट खातामा आवद्ध हनेहरुको सख्या लगभग ६० लाखको हाराहारीमा पुगेको सरोकारवालाहरु बताउछन । यसकारणले पनि कनै पनि आइ पि ओ शेयर जारी हदा गर्दा लगभग १५ लाख आबेदन पर्ने गरेको सरोकारवालाहरु बताउछन । यसकारणले पनि आइ पि ओ शेयर पाउनको लागि भाग्यको भरमा पर्न पर्ने बताउछन सरोकारवालाहरु । त्यसो त आइ पि ओ शेयरमा आबेदन दिनेहरु लगानिकर्ताहरु २४ प्रतिशतको हाराहारीमा रहेको बताउछन सरोकारवालाहरु । त्यसोत धेरै जसो लगानिकर्ताहरु प्राथमिक शेयरमा नै सिमित हुने गरेका छन भन्दा पनि फरक नपर्ला । प्राथमिक शेयरका धेरै जसो लगानिकर्ताहरु दोश्रो बजारमा नियमित कारोवार गरेको देखिदैन भन्नेहरु पनि नभएको होइन । त्यसोत नेपालको लगभग ३ करोड जनसख्यामा ६० लाखको आराहारीमा शेयर लगानिकर्ताहरु भइसकेको लाइ कम भने भन्न मिल्दैन भलै धेरै जसो लगानिकर्ताहरु प्राथमिक बजारमा नै सिमित भएको किन नहोस ?

यो लेख लेखकका आफ्ना विचार हुन ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार २१:०६