हकप्रद सेयर निष्कासन गर्न रिडी पावर कम्पनीले पायो विद्युत नियमन आयोगबाट अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हकप्रद सेयर निष्कासन गर्न रिडी पावर कम्पनीले पायो विद्युत नियमन आयोगबाट अनुमति



काठमााडैं । रिडी पावर कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न आयोगले अन्तिम स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजी १ करोड ५४ लाख ८९ हजार १२ कित्ता सेयरको ५० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। गत असार ८ गते बसेको कम्पनीको विशेष साधारणसभाले हकप्रदको अजेन्डा पारित गरिसकेको छ।

उक्त हकप्रद शेयर नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएपश्चात लगानीकर्ताहरुलाई निष्काशन गर्नेछ ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार १६:३९