पुरानो लाभांश लिन शेयरधनीहरुलाई प्रभु बैंकको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

Feature News

पुरानो लाभांश लिन शेयरधनीहरुलाई प्रभु बैंकको आग्रह

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्रभु बैंकले पुरानो लाभांश लिन आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ। बैंककले साविक सेञ्चुरी बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट, सेती फइनान्स लिमिटेडको विभिन्न साधारण सभाबाट पारित गरिएको नगद लाभांश लिन छुटेका शेयरधनीहरुलाई लाभांश बुझिलिन आग्रह गरेको हो ।

शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा छुट भएका नगद लाभांश संकलन गर्ने आग्रह गरेको छ । साथै, नगद लाभांश लिन बाँकी रहेको सेयरधनीहरुको नाम सहित विस्तृत विवरण बैंकको वेबसाइटमा राखिएको समेत बैंकले जनाएको छ ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार १५:२६ 14 August, 2023 3:26 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।