सेयर बजार दोहोरो अंकले बढ्याे, काराेबारमा आएकाे पहिलाे दिनमै घोराही सिमेन्टको सेयर मूल्यमा नकरात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार दोहोरो अंकले बढ्याे, काराेबारमा आएकाे पहिलाे दिनमै घोराही सिमेन्टको सेयर मूल्यमा नकरात्मक सर्किट



काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १४.८१ अंकले बढेर परिसूचक २०८०.८६ को विन्दुमा उक्लिएको हो।

आज कारोबार भएका २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब १ करोड ८४ लाख ६० हजार रुपैंया भन्दा बढीको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयरको ५८ करोड ४५ लाख ६१ हजार रुपैंया भन्दा बढीको कारोबार भएको छ ।

आज बजार बढ्दा बैंकिङ समूह १३.६१,विकास बैंक २१.३०, होटल समूहमा १०७.५०, जलविद्युत समूहमा १८.५१, जीबन बीमा समूहको ५८.१३, निर्जीबन बीमा समूह २४१.५७ अंक बढेको छ । त्यस्तै, वित्त समूह १.३०, उत्पादन तथा प्रशोधन समूहमा १०.३४, माइक्रोफइनान्स समूहमा १३.५५ अंकको गिरावट आएको छ।

कारोबारमा थ्री स्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने आज कारोबारमा आएको पहिलो दिन नै घोराही सिमेन्टको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आइतबार कम्पनीको सेयर मूल्यमा ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ५६ रुपैयाँ ५० पैसाले घटेको हो । पहिलो दिन कम्पनीको सेयर मूल्य ५०९ रुपैयाँ कायम भएको छ । आइतबार कम्पनी सेयर प्रतिकित्ता ५६५ रुपैयाँ ५० पैसामा कारोबार खुलेको थियो ।

प्रकाशित : २८ श्रावण २०८०, आईतवार १५:४६