सामुदायिक लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सामुदायिक लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्ताे ?



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासमा ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ९८.६६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थालार्य २ करोड ६१ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष ४ करोड ५८ लाख सञ्चालन मुनाफा भएको थियो।

संस्थाको खुद ब्याज आम्दानी ९ करोड ३६ लाख रुपैयाँ छ। जुन अघिल्लो वर्षको तुलनामा २०.०३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस्तो आम्दानी ११ करोड ७१ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.०५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ५.०६ प्रतिशत थियो।

खराब कर्जा बढ्दा संस्थाले प्रोभिजनका रुपमा राख्नुपर्ने रकम बढेर २ करोड ६७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ६ हजार रुपैयाँ छुट्याएको थियो। समीक्षा अवधिमा संस्थाले ४९ करोड ७५ लाख रुपैयाँ सापटी लिई १ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष ७३ करोड २ लाख रुपैयाँ सापटी लिई १ अर्ब ५९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार १७.५३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ९ करोड ८ लाख रुपैयाँ रहेको रिजर्भको आकार घटेर ७ करोड ४८ लाख रुपैयाँमा खुम्चिएको छ

चुक्तापुँजी १४ करोड ५२ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ०.२८ रुपैयाँमा खुम्चिएको छ। संस्थाको प्रतिसेयर नेटवर्थ १५१.५८ रुपैयाँ रहेको छ।

प्रकाशित : २८ श्रावण २०८०, आईतवार १०:५१