आउँदो वैशाखदेखि सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न बन्देज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आउँदो वैशाखदेखि सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न बन्देज



काठमाडाैं । आउँदो वैशाख १ गतेदेखि सुर्ती, खैनी, गुट्खा, पान मसला, स्विट सुपारी लगायत सुर्तीजन्य वस्तु प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ ।

आन्तरिक राजस्व विभागले सूचना निकालेर सुर्तीजन्य वस्तु प्लास्टिकका खोलमा प्याकिङ गर्न नपाइने भन्दै तयारी थाल्न उद्योगहरूलाई जानकारी गराएको हो ।

नेपालमा उत्पादन गर्ने उद्योगसँगै आयात गर्ने आयातकर्ताहरूले समेत प्लास्टिकका खोलमा प्याकिङ गरिएका सुर्तीजन्य विस्तु ल्याउन पाउने छैनन् ।

अहिले आयात भइरहेका सबैजसो सुर्तीजन्य वस्तु प्लास्टिकका खोलमा रहने गरेका छन् । खासगरी गुट्खा लगायतका साना साना पोकामा राखिएका सुर्तीजन्य वस्तुका कारण प्लास्टिकजन्य फोहर बढेको गुनासो आइरहेको छ ।

देशबाट यस्ता वस्तु निर्यात गर्नेहरूले पनि प्लास्टिकका खोलमा नभई सडेर जाने वस्तुमा मात्रै प्याकिङ गर्न पाउनेछन् ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार १८:२५