कुमारी क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा, इकाइधनीलाई कति दिँदैछन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा, इकाइधनीलाई कति दिँदैछन् ?



काठमाडौं । कुमारी क्यापिटलका दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फन्ड)ले लाभांश घोषणा गरेका छन्। कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले गत आर्थिक वर्षको प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन्।

कुमारी इक्विटी फण्डले कर सहित १० प्रतिशतका दरले र कुमारी धनवृद्धि योजनाले कर सहित ६ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। साउन २५ गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। यी योजनाहरुको कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेड रहेको छ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार १३:३७