खराब कर्जा बढ्दा ग्लोबल आइएमई लघुवित्तको नाफा प्रभावित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

खराब कर्जा बढ्दा ग्लोबल आइएमई लघुवित्तको नाफा प्रभावित



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ग्लोबल आइएमई लघुवित्तले १२ करोड ८७ लाखरुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ४६.४४ प्रतिशतले थोरै हो ।

अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २४ करोड रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा ४५.८९ प्रतिशत र खुद ब्याज आम्दानी ७.२७ प्रतिशतले घट्दा यसको नाफामा गिरावट आएको हो ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी पनि २२ रुपैयाँ ७० पैसाले घटेर २० रुपैयाँ ८१ पैसा (वार्षिक) कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ५१ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ४३ पैसा छ । यसको खराब कर्जा पनि १.६४ प्रतिशतबाट बढेर ४.३० प्रतिशत पुगेको छ । खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ८ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १ करोड ६७ लाख रुपैयाँमा सीमित थियो।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार १२:१९