अप्पर तामाकोशी हाइड्रोपावरको सेययरमूल्य नेप्सेमा समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अप्पर तामाकोशी हाइड्रोपावरको सेययरमूल्य नेप्सेमा समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अप्पर तामाकोशी हाइड्रोपावरको सेययरमूल्य समायोजन भएको छ। नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य २४३ रुपैयाँ ५ पैसा कायम गरिएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता ३८६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

कम्पनीले १ः१ को अनुपात अर्थात १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन्। हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार ११:३३