तीन कम्पनीको सेयर नेप्सेमा सूचीकृत, कुनकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तीन कम्पनीको सेयर नेप्सेमा सूचीकृत, कुनकाे कति ?



काठमाडौं । सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा घोराही सिमेन्ट सहित तीन कम्पनीको सेयर सूचीकृत भएको छ । बिहीबार घोराही सिमेन्टसहित थ्री स्टार हाइड्रोपावर र अपर स्याङ्‍गे हाइड्रोपावरको सेयर सूचीकृत भएको हो ।

घोराही सिमेन्टको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । कम्पनीले सार्वजनिक निष्कासन गरेको ७९ लाख ४३ हजार ८०१ कित्ता र संस्थापक सेयरधनीको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम सहित ४०० रुपैयाँमा सर्वसाधारणलाई ३३६ रुपैयाँ प्रिमियम सहित ४३६ रुपैयाँ प्रतिकित्तामा सेयर निष्कासन गरेको थियो ।

कम्पनीको सेयरको पहिलो कारोबारका लागि २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसासम्म ओपनिङ रेञ्ज पाएको छ ।

त्यस्तै, थ्री स्टार हाइड्रोपावरको कुल ४९ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । जसमध्ये २१ लाख ३१ हजार २५० कित्ता सेयर सार्वजनिक निष्कासन भएको साधारण सेयर र ३६ लाख ९३ हजार ७५० कित्ता संस्थापक सेयर हो । कम्पनीको सेयरको पहिलो कारोबारको लागि नेप्सेले ८५ रुपैयाा ६५ पैसा देखि २५६ रुपैयाँ ९५ पैसा सम्म ओपनिङ रेञ्ज तोकेको छ ।

अपर स्याङ्‍गे हाइड्रोपावर कम्पनीको पनि बिहीबार २२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये ८ लाख ७० हजार सार्वजनिक निष्कासन भएको साधारण सेयर र १३ लाख ३० हजार कित्ता संस्थापक सेयर हो । कम्पनीको सेयरको पहिलो कारोबारको लागि नेप्सेले ८४ रुपैयाँ ५४ पैसा देखि २४३ रुपैयाँ ६२ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । नेप्सेले सार्वजनिक निष्कासन गरेर सूचीकरण भएको कम्पनीको पहिलो कारोबारको लागि पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको नेटवर्थ देखि त्यसको ३ गुणसम्म ओपनिङ रेञ्ज तोक्ने गर्छ ।

नेप्सेमा सूचीकरण भएका ३ वटै कम्पनीको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ । नेप्सेले तोकेको ओपनिङ रेञ्जमा नेप्सेको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएमा कम्पनी सेयर नेप्सेमा नियमित सेसनमा कारोबार सुरु हुनेछ ।

प्रकाशित : २५ श्रावण २०८०, बिहीबार १६:११