राष्ट्र बैंकले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृति



काठमाडाै। सरकारले ५ रुपैयाँका दरका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले ५ रुपै‌या दरका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ। हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले १ रुपैयाँ र २ रुपैयाँ दरको सिक्का मात्रै टकमरी गर्दै आएको छ ।

त्यसैगरी, मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ।

प्रकाशित : २४ श्रावण २०८०, बुधबार ११:३५